Top Ad unit 728 × 90

recent

मह र मौरी सम्बन्धी केही रोचक जानकारी



- मह बनाउने मौरी एक घण्टामा औसत रूपमा 13 देखि 15 माइलसम्म उडन सक्छ ।

- एक औन्स मह उत्पादन गर्नको लागि एउटा मौरीले औसत रूपमा 1600 चक्कर यात्रा गर्ने गर्छ । त्यसले एक चक्कर काट्नको लागि करीब 6 माइलको यात्रा गर्ने गर्छ । यस हिसबले हेर्ने हो भने एउटा मौरीले 2 पौण्ड मह उत्पादन गर्नको लागि पृथ्वीलाई चार पटक चक्कर लगाउन लाग्ने बराबरको दूरी यात्रा गर्ने गर्छ ।

- एक पौण्ड मह उत्पादन गर्नको लागि मौरीहरुको समूहले 20 लाखवटा फूलहरूको चक्कर काटेको हुन्छ ।

- मौरीको एउटा घारमा 40-45 हजार मौरीहरू हुन्छन ।

- मानिसको लागि खानेकुरा उत्पादन गरिदिने एउटै मात्र कीरा मह उत्पादन गर्ने मौरी हुन ।

- एक पौण्ड मैन उत्पादन गर्नको लागि मौरीले 8 पौण्ड मह खाएको हुन्छ ।

- मौरीको घारको औसत तापक्रम 93.5 डिग्री हुने गर्दछ ।

- रानी मौरीले एक दिनमा करीब 2 हजार वटा अण्डाहरु पार्ने गर्छे ।
मह र मौरी सम्बन्धी केही रोचक जानकारी Reviewed by Yatri Keshar on March 15, 2020 Rating: 5

No comments:

All Rights Reserved by Jigyasa Sansar | जिज्ञासा संसार © 2014 - 2015
Powered By Blogger Shared by Themes24x7

Biểu mẫu liên hệ

Name

Email *

Message *

Powered by Blogger.